सूचना पाटी
कक्षा ११ को नतिजा प्रकाशन सम्बन्धमा
२०८२ साल असार ९ गते
शैक्षिक सत्र २०८२ मा सञ्चालित कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।
यो लिङ्कमा क्लिक गरेर आफ्नो सिम्बोल नं राखेर ग्रेडसिट सहितको नतिजा हेर्न सक्नुहुनेछ ।
कक्षा ११ का विद्यार्थीहरूको राष्ट्रिय परीक्षा बोर्ड (NEB) दर्ता विवरण सम्बन्धमा जरुरी सूचना
२०८२ साल जेठ ७ गते
कक्षा १० को विद्यार्थी दर्ता फारम भर्ने सम्बन्धमा
२०८२ जेठ ५
यस अघि नै सूचना गरिए बमोजिम शैक्षिक सत्र २०८२ मा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० को Registration फारम यहि मिति २०८२ साल जेठ ७ गते विद्यालयमा उपश्थित भै भर्नुहुन सूचना गरिन्छ।
आवश्यक कागजातहरू:
- कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि
- २ वटा हालसालै खिचिएका स्पष्ट बुझिने फोटोहरू
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
- दर्ता शुल्क
PMT छात्रवृत्ति खाता सम्बन्धमा
२०८२ बैशाख २८
तपसिलमा नाम उल्लेख भएका कक्षा ६ र ९ मा अध्ययन गर्ने विद्यार्थीले २०८२ साल जेठ पहिलो हप्ताभित्र PMT छात्रवृत्ति प्राप्तीका लागि अनिवार्य रूपमा कुनै पनि वाणिज्य बैङ्कमा खाता खोली खाता विवरण विद्यालयमा पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
विद्यार्थीहरूको नामावली:
- दिपा राजी - कक्षा ६
- युसिका बस्याल - कक्षा ६
- स्नेहा खड्का - कक्षा ६
- कुसुम क्षेत्री - कक्षा ६
- कल्पना बि.क. - कक्षा ९
- अङ्किता मल्ल - कक्षा ९
- गरिमा राना - कक्षा ९
- अस्मिता सहकारी - कक्षा ९
नोट: कृपया सम्बन्धित विद्यार्थीहरूले आफ्नो खाता विवरण अविलम्ब विद्यालयको प्रशासन शाखामा बुझाउनुहोला।
विद्यार्थी भर्ना सम्बन्धि सूचना
२०८२ बैशाख १५
शैक्षिक सत्र २०८२ का लागि यस सूर्य ज्योति माध्यमिक विद्यालयमा बालविकास देखि कक्षा १० सम्म नयाँ विद्यार्थी भर्ना कार्यक्रम मिति २०८२ बैशाख १५ गतेदेखि बैशाख मसान्तसम्म सञ्चालन हुने व्यहोरा सम्बन्धित सबै अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ।
भर्नाका लागि आवश्यक कागजातहरू:
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- अघिल्लो कक्षा उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि
- स्थानान्तरण प्रमाणपत्र (अन्य विद्यालयबाट आउनेको हकमा)
- पासपोर्ट साइजको फोटो (२ प्रति)
थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहोला।